नमस्कार तथा न्यानो अभिबादन ।

१. यो प्रतियोगिता किन संचालन गरिएको हो ?
नेपाली फाटो ब्लगले संचालन गरिरहेको Online Photo Competition मा यहाँहरुलाई स्बागत गर्दछौँ । यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालमा रहेको पर्यटकीय गनतब्यहरुलाई प्रचार एबंम् प्रबद्र्धन गर्नु हो ।

२. यो प्रतियोगितमा भाग कसले कसले पाँउछ ?
यो प्रतियोगितमा भाग लिन बिश्ब भरि छरिएर रहेको नेपालीहरुले पाँउनेछन् ।

३. यो प्रतियोगितामा भाग लिन के गर्नुपर्छ ?
तपाईहरुले आफ्नो नजिकै रहेको वा घूम्न जाँदाको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको कम्तीमा छ बटा फोटो खिचि हाम्रो इमेल ठेगना bloggerjiwan@gmail.com मा पठाउनु पर्ने हुन्छ । छ बटा भन्दा बढि फोटोको हकमा गुगल ड्राइभको लिङ्क मार्फत पठाउन सक्नुहुनेछ ।

४. फोटो कस्तो हुनुपर्दछ ?
फोटो साइज जतिसुकै एमबिको पनि स्बीकार्य हुनेछ तर लम्बाई कम्तीमा ७०० पिक्सल र चौडाई ४०० पिक्सलको हुनुपर्नेछ । कुनै ब्यक्ति फोटोमा उल्लेख गर्नुपर्ने भए, त्यसको महत्ब सहित लेखेर पठाउनु पर्नेछ । हामी साइबर सुचना नियमको अधिनमा रहेर काम गर्ने हुँदा कसैको बास्तबिक जिबनमा ठेस पुग्न सक्ने फोटोहरु प्रकाशन, प्रबद्र्धन गर्दैनौँ ।

५. यो पिक्सल भनेको के हो ?
पिक्सल एउटा प्राबिधिक भाषा हो । सामान्यतया तपाईले मोबाइल वा अन्य क्यमेराबाट खिच्नु भएको फोटो कुनै पनि सफ्टवेयर प्रयोग गरी इडिट गर्नु भएन भने सक्कली साइजको लम्बाई ७०० पिक्सल र चौडाई ४०० पिक्सल भन्दा माथिको हुन्छ ।

६. फोटो कुन ठाँउको हुनुपर्दछ ?
फोटो नेपाल भित्र जुनसुकै स्थानको खिचेर पठाउनु सक्नु हुनेछ तर ती ठाउहरु नेपाल पर्यटन बोर्डले पर्यटकीय गनतब्यको सुचीमा सुचिकृत गरेको ठाँउ हुनु पर्नेछ । नेपाल पर्यटन बोर्डले सुचिकृत गरेका ठाँउ बोर्डको आधिकारिक बेभसाइटमा हेर्न सक्नुहुनेछ ।

७. सफ्टबेयर प्रयोग गरी आकर्षक बनाइएको फोटो मान्य हुन्छ कि हुँदैन ?
कुनै पनि सफ्टबेयर प्रयोग गरी आकर्षक बनाईएको फोटो मान्य हुँदैन । फोटो प्राकृतिक हुनुपर्दछ । क्यामारको फिचर्स मात्र प्रयोग गरी खिचिएको फोटो भने मान्य हुनेछ ।

८. हामीले पठाएको फोटोको कसरी पुरस्कारका लागि छनौट हुन्छ ?
तपाईहरुले पठाउनु भएको फोटो हाम्रो टिमका सदस्यहरुको रोजाईको आधारमा पुरस्कारका लागि छनौट हुन्छ ।

९. पुरस्कार जित्न फोटो सामाजिक संजालम पोस्ट गरी शेयर कमेन्ट गर्नुपर्छ कि पदैँन ?
पुरस्कार जित्नका लागि तपाईहरुको पठाउनु भएको फोटो मान्य भएको अबस्थामा हामी हाम्रो आधिकारिक फेसबुक पेजमा राख्न्नेछौँ । यदि इच्छा भए शेयर गर्न सक्नुहुन्छ तर शेयर र लाइको आधारमा नभई राम्रो फोटो आधारमा छनौट गरिनेछ ।

१०. फोटो प्रयोग कहाँ हुनेछ ?
पर्यटन प्रबद्र्धनार्थ हामी तपाईहरुले पठाउनु भएको फोटो बिभिन्न माध्यमहरुमा प्रयोग गर्नेछौँ र जुनसुकै माध्यममा प्रयोग गरिएता पनि उक्त फोटोको क्रडिट फोटोग्राफरलाई दिनका साथै बर्ष भरिको उत्कृष्ट फोटोलाई बिशेष पुरस्कारको ब्यबस्था गरिनेछ ।

११. तपाईहरु पुरस्कार कसरी दिनुहुनछ ?
हामी बिभिन्न पर्यटन ब्यबसायीसँग समन्बय गरी बिज्ञापन बापत रकम लिन्छौँ । प्राप्त रकमको आधारमा भबिष्यमा पुरस्कारको राशि समेत परिबर्तन गर्नेछौँ । बार्षिक पुरस्कारका लागि भने निश्चित शर्तहरु रहनेछ सो भबिष्यमा प्रकाशन गरिनेछ ।

धन्यबाद

Any Confusion! Kindly drop us mail at bloggerjiwan@gmail.com